अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६

प्रकाशन वर्ष : 2070
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

मानव अधिकारको क्षेत्रमा अपाङ्गता एउटा नवीन अवधारणाको रुपमा रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई
अन्य व्यक्तिहरु सरह समान आधारमा आफ्ना हक अधिकारको उपभोग गर्न सक्षम तुल्याउने उद्देश्यले यो
महासन्धि आएको हो । यस महासन्धिले अपाङ्गता भएका व्यक्तिहरुको विविधतालाई समेत स्वीकार्दै उनीहरुलाई
आफ्नो अधिकारको उपभोग गर्न थप सहयोगको आवश्यकता पर्ने कुरा स्वीकार गर्दछ । यसले अपाङ्गता भएका
सबै व्यक्तिहरुको मानव अधिकार प ्रवद्र्धन र संरक्षणको आवश्यकतालाई मान्यता दिन्छ । साथै यस महासन्धिले
अपाङ्गता भएको व्यक्तिहरुले आफ्नो लागि आफैले छनौट गर्न पाउने स्वतन्त्रता लगायत उनीहरुको व्यक्तिगत
स्वायत्तता र स्वतन्त्रताको महत्वलाई मान्यता दिन्छ । यस महासन्धिमा ५० धाराहरु रहेका छन् । यस
महासन्धिलाई नेपालले बि. सं. २०६६ मंङ्सिर ६ गते पारित गरिसकेको हुनाले यसले नेपालको कानूनसरह
मान्यता प्राप्त गरिसकेको छ ।