नेतृत्व विकास तालिम सफलतापूर्वक सम्पन्न !!
बारा, सिमरा ।
बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल (PFPID) को आयोजना र लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा दुईदिने नेतृत्व विकास तालिम सफलतापूर्वक सिमरा, बारामा सम्पन्न भएको छ । २०८२ असोज २८ र २९ गते सञ्चालित यो तालिममा ९ पुरुष र ९ महिला गरी कुल १८ जना सहभागीहरूको उपस्थिति रहेको थियो । यसका साथै २ जना कर्मचारीहरूले तालिमलाई सहयोग गरेका थिए ।
तालिमको सहजीकरण श्री राजु बस्नेतले गर्नुभएको थियो । तालिमको मुख्य उद्देश्य बौद्धिक अपाङ्गतासँग सम्बन्धित अभिभावकहरूलाई नेतृत्व क्षमता विकास गर्नु र उनीहरूको संस्थागत क्षमता मजबुत बनाउनु रहेको थियो । पहिलो दिनको कार्यक्रममा स्वागत तथा उद्देश्य प्रस्तुति, सहभागीहरूको परिचय, अपाङ्गताको परिचय र प्रकारहरू, नेतृत्वका गुणहरू तथा संस्थागत अवस्था मापन जस्ता विषयहरू समेटिएका थिए ।
दोस्रो दिनमा नेतृत्वका आवश्यक सीपहरू, कार्य समितिको काम कर्तव्य र अधिकार, बौद्धिक अपाङ्गताका सवालहरूको पहिचान तथा द्विविध कार्ययोजना निर्माण जस्ता छलफल र समूह कार्यहरू सञ्चालन भएका थिए । तालिममा चिया तथा खानाको व्यवस्था गरिएको थियो र प्रत्येक सत्रपछि सारांश तथा प्रतिक्रिया सङ्कलन गरिएको थियो ।
PFPID का प्रतिनिधिले तालिमको समापन गर्दै यो कार्यक्रमले अभिभावकहरूलाई आफ्नो संस्था र समाजमा प्रभावकारी नेतृत्व गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यावहारिक रूपमा लागू गर्ने प्रतिबद्धता जनाएका छन् । यो तालिमले बौद्धिक अपाङ्गता क्षेत्रमा सक्रिय अभिभावकहरूको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
Some scenes from the training: