१३औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्बन्धी सूचना
मितिः २०८२/०१/१७
श्री अध्यक्ष ज्यू,
बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका सदस्य संस्थाहरु ।
विषयः साधारण सभामा प्रतिनिधि वा पर्यवेक्षक पठाउने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालको मिति २०८२/०१/०५ को निर्णय अनुसार १३औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन तपसिलको मिति, स्थान र समयमा आयोजना गरिने भएको हुँदा महासंघको विधान बमोजिम कम्तीमा चालु आर्थिक वर्ष २०८२ असार मसान्त सम्म यस महासंघमा सदस्यता नवीकरण भएका सदस्य संस्थाबाट महासंघको विधान अनुसार प्रतिनिधि चयन गरि मिति २०८२/०२/०२ भित्र यस महासंघको इमेल ठेगानामा पठाइदिनु हुन अनुरोध छ ।
सदस्यता नवीकरण नभएका संस्था र सञ्जालिकृत संस्थाहरुको हकमा एक जना मात्र पर्यवेक्षको नाम १३औं वार्षिक साधारण सभाको लागि पठाइदिनु हुन अनुरोध छ । यो संस्था बौद्धिक अपाङ्गता भएका ब्यक्ति तथा उनीहरुका वास्तविक अभिभावकहरुको संस्था भएकोले सरोकारवालाको प्रतिनिधित्वको लागि महासंघले देहायका मापदण्ड तय गरेको हुँदा सो मापदण्ड अनुसार प्रतिनिधि चयन गरी पठाउनु हुन अनुरोध छ ।
तपसिल
मितिः २०८२/०२/०९ र १०
स्थानः काठमाण्डौँ
समयः बिहान ९ बजे
प्रतिनिधि चयन गर्दा पालना गर्नुपर्ने कुराहरुः
१. बौद्धिक अपाङ्गताका भएका ब्यक्ति वा निजका अभिभावक हुनु पर्नेछ । (चयन भएको प्रतिनिधिको निजसँग बौद्धिक अपाङ्गता भएका व्यक्तिको नाता खुल्ने अपाङ्गता परिचय पत्र अनिवार्य)
२. दुईजना प्रतिनिधि पठाउने संस्थाले अनिवार्य १ जना महिला प्रतिनिधि अनिवार्य पठाउनु पर्नेछ ।
३. चयन भएको प्रतिनिधिको बौद्धिक अपाङ्गता भएका व्यक्तिसँग अपाङ्गता परिचय पत्रमा अभिभावक भनि उल्लेख नभएका निजसँग नाता खुल्ने नेपाल सरकारले प्रमाणित गरेको कागजात अनिवार्य पेश गर्नु पर्ने ।
४. प्रतिनिधि पठाउँदा सम्बन्धित कार्यसमिति बैठकबाट निर्णय गरी निर्णयको प्रतिलिपि सहित पठाउनु पर्नेछ ।
५. एकै जिल्लामा दुई वा दुई भन्दा बढी सदस्य संस्था भएका प्रत्येक संस्थाबाट १/१ जना प्रतिनिधि पठाउनु पर्नेछ ।
६. पेश गरिएको अपाङ्गता परिचयपत्रमा अपाङ्गताको किसिममा बौद्धिक अपाङ्गता वा सुस्त मनःस्थिति लेखिएको हुनु पर्नेछ ।
७. चितवनमा सम्पन्न १२औं वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको निर्णय अनुसार एक जना बौद्धिक अपाङ्गता भएका व्यक्तिको तर्फबाट महासंघमा प्रतिनिधित्व गर्ने एक जना मात्र अभिभावक कायम गरिने भएको हुँदा सधै प्रतिनिधित्व गर्ने अभिभावक मात्र प्रतिनिधि स्वीकार गरिने । अन्यथा प्रतिनिधि स्वीकार गरिने छैन ।
साधारण सभाका प्रस्तावहरुः
१. वार्षिक प्रगती प्रतिवेदन तथा भावी कार्यक्रम
२. आर्थिक प्रतिवेदन तथा भावी कार्यक्रम सम्बन्धमा
३. लेखा परिक्षक नियुक्ति सम्बन्धमा
४. विधान संशोधन सम्बन्धमा
५. निर्वाचन सम्बन्धमा
६. विविध
…………………..
Ram Narayan Shrestha
महासचिव



