अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (सन् २००६) ले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र गरिमाको संरक्षण सुनिश्चित गरेको तथ्यलाई हृदयंगम गर्दै आमसञ्चार प्रक्रियाका क्रममा अक्षर, वचन वा दृश्यद्वारा अपाङ्गता भएका व्यक्तिको अधिकार र गरिमामा आँच आउने शब्द, शब्दावली, तस्वीर वा भाषा प्रयोग नहोस् वा आशय प्रकट नहोस् भन्ने ध्येयका साथ आमसञ्चारमाध्यम तथा पत्रकारले आफ्नो कर्तव्यपालनाका क्रममा अपाङ्गता भएका व्यक्तिप्रति थप जिम्मेवारी, संवेदनशीलता र उत्तरदायित्व वहन गर्न वान्छनीय भएकोले पत्रकार आचारसंहिता—२०७३ को दफा (१२) ले दिएको अधिकार प्रयोग गरी नेपाल पत्रकार महासंघ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालसमेतको सल्लाह र सम्मतिमा प्रेस काउन्सिल नेपालद्वारा अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३ जारी गरिएको उक्त निर्देशिकामा अपाङ्गता सम्बन्धी समाचार सम्प्रेषण गर्दा कस्ता काम गर्न हुने र कस्ता काम गर्न नहुने सम्बन्धी जानकारी रहेको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ को दफा ६० ले ददएको अधिकार
प्रयोग गरी नेपाल सरकारले धियमहरू बनाएको छ । उक्त नियमावलिले अपाङ्गता अधिकार ऐनलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न सहज हुने अपेक्षा लिइएकव छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४

अपाङ्गता भएका ब्यक्ति विरुद्ध हुने भेदभाव अन्त्य गरी उनीहरुको नागरिक, सामाजिक, राजनितिकआर्थिक तथा सांस्ङ्कृतिक अधिकारको सम्मान गर्न तथा अपाङ्गता भएका ब्यक्तिलाई सशक्तीकरण गरी नीति निर्माण र विकास प्रक्रियामा सहभागी गराई स्वावलम्बी र सम्मानजनको धारा २९६ को उपधारा (१) बमोजिम नेपाल सरकारले यो ऐन बनाएको छ ।
जीवनयापनको वातावरण सुनिश्चित गर्ने सम्बन्धमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गरि नेपालको संविधानको धारा

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६

मानव अधिकारको क्षेत्रमा अपाङ्गता एउटा नवीन अवधारणाको रुपमा रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई
अन्य व्यक्तिहरु सरह समान आधारमा आफ्ना हक अधिकारको उपभोग गर्न सक्षम तुल्याउने उद्देश्यले यो
महासन्धि आएको हो । यस महासन्धिले अपाङ्गता भएका व्यक्तिहरुको विविधतालाई समेत स्वीकार्दै उनीहरुलाई
आफ्नो अधिकारको उपभोग गर्न थप सहयोगको आवश्यकता पर्ने कुरा स्वीकार गर्दछ । यसले अपाङ्गता भएका
सबै व्यक्तिहरुको मानव अधिकार प ्रवद्र्धन र संरक्षणको आवश्यकतालाई मान्यता दिन्छ । साथै यस महासन्धिले
अपाङ्गता भएको व्यक्तिहरुले आफ्नो लागि आफैले छनौट गर्न पाउने स्वतन्त्रता लगायत उनीहरुको व्यक्तिगत
स्वायत्तता र स्वतन्त्रताको महत्वलाई मान्यता दिन्छ । यस महासन्धिमा ५० धाराहरु रहेका छन् । यस
महासन्धिलाई नेपालले बि. सं. २०६६ मंङ्सिर ६ गते पारित गरिसकेको हुनाले यसले नेपालको कानूनसरह
मान्यता प्राप्त गरिसकेको छ ।