साधारण सभा तथा महाधिवेशन सम्पन्न

साधारण सभा तथा महाधिवेशन सम्पन्न यहि २०७४ साल पुष ७ र ८ गते हेटौंडामा सम्पन्न वौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको सातौं वार्षिक साधारणसभा तथा चौथो महाअधिवेशनवाट नयाँ कार्य समिति निर्वाचनसँगै सम्पन्न भएको छ ।

प्रतिनिधि, पर्यवेक्षक सेल्फएडभोकेट र शुभचिन्तक गरि देशभरबाट उपस्थित १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो । पुष ७ गते हेटौडा उपमहानगरपालिकाका प्रमुख मेयर हरिवोल महतले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

शुभकामना मन्तब्य दिदै प्रमुख अतिथिले बौद्धिक अपाङ्गता भएका ब्यक्तिको पिडा मर्म र उनीहरुको आवश्यकताका आधारमा आफुलाई नजिकबाट थाहा भएको हुँदा आफुले जुनसुकै समयमा पनि सहयोग गर्ने र हेटौडा उपमहानगरपालिकालाई नमूना उपमहानगर बनाउने इच्छा ब्यक्त गर्दै निरन्तर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

बिषेश अतिथि तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष श्री सुदर्शन सुवेदीले शुभकामना मन्तब्य दिदै अपाङ्गता भएका ब्यक्तिहरुमा पनि बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुको सवाल बढी संवेदनशिल रहेको हुँदा यो वर्गको हक अधिकारको लागि आफु जुन सुकै तह र तप्कामा भए पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । दोश्रो सत्रमा महासचिवको आ व २०७३/०७४ को प्रगति प्रतिवेदन र आ व ०७४/०७५ का लागि प्रस्तावित कार्यक्रम र कोषाध्यक्षको आ व २०७३/०७४ को आर्थिक प्रतिवेदन र आ व ०७४/०७५ का लागि अनुमानित बजेट सभामा पेश गरिएको थियो ।

सभाबाट प्राप्त सुझावहरुलाई समावेश गरि प्रतिवेदनहरु पारीत गरियो । दोश्रो दिन १३ सदस्यीय कार्य समितिको निर्वाचन गरि महाधिवेशन सम्पन्न गरिएको थियो ।

कार्यसमिति समितिका नामावली
अध्यक्ष : श्री राजु वस्नेत
उपाध्यक्ष : श्री शिला थापा
महासचिव : श्री रामनारायण श्रेष्ठ
सचिव : श्री विश्वराज अधिकारी
कोषाध्यक्ष : श्री गोकर्णप्रसाद आचार्य
सदस्य: श्री टिकाराम सापकोटा
सदस्य : श्री शारदा पौडेल
सदस्य : श्री धनमाया तामाङ
सदस्य : श्री कपिलमुनि हुमागाइ
सदस्य : श्रीकृष्ण घिमिरे
सदस्य : श्री जगदीश अर्याल
सदस्य : श्री जुनुमाया कायस्थ
Powered by Disqus