तेश्रो महाअधिवेशन तथा पाँचौं साधारण सभा आयोजना सम्बन्धी सुचना

सम्पुर्ण सदस्य संस्थाहरु, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ (पीएफपीआईडी), नेपालको २०७२ माघ ९ गते सम्पन्न केन्द्रिय समितिको बैठकबाट महासंघको तेश्रो महाअधिवेशन तथा पाँचौं साधारण सभा तपशीलका मिति, समय र स्थानमा देहाय बमोजिम आयोजना गर्ने निर्णय भएकाले जानकारीको लागि अनुरोध गरिन्छ ।

तपशीलः मितिः २०७२ फाल्गुण ५ र ६ गते समयः ९ः०० बजे
स्थानः पोखरा,कास्की (कार्यक्रमस्थल तय गरि पुन सुचित गरिनेछ ।)

देहायः
१) २०७२ माघ २९ गते (मसान्त) सम्म संस्था नवीकरण गरिसक्नु पर्ने छ । स्मरण रहोस नवीकरण नभएका संस्थाले साधारण सभामा भाग लिन पाउने छैनन् ।
२) यो सुचना सम्भव भएसम्म पत्राचार, ईमेलबाट पठाईनेछ साथै टेलिफोन मार्फत जानकारी गराईने छ । सो बाट प्राप्त हुन नसकेमा यसैलाई आधिकारिक सुचना मान्नु हुन अनुरोध गरिन्छ ।
Powered by Disqus